• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

श्री एयरलाइन्स जहाज थप्दै


  •    संवाददाता/ शनिबार, माघ २२, २०७८  

  • काठमाडौं।

    निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ। गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवद्र्धनको काम अघि बढाएको हो।

    कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो। कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू ४००-८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्। श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले ५ वटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सिट क्षमताका समान तीन जहाज मध्ये दुई वटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ।

    ततपश्चात अन्य दुई जहाजको पनि खरिद प्रक्रिया अघि बढाइने छ। ‘हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरुप पाँच वटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौं, अनुमति मागेको मध्ये तीन वटा जहाज खरिद भइसकेको छ, दुई थान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउदैछौं,’ प्रबन्धक मानन्धरले बताए।

     

    हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ। यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ। परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ। शुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ। त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ।

    श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ। -रासस  बाट लियको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.