ब्रजिलका राष्ट्रपति जाइर बोल्सनारो एमजन वनमा अझ धेरै उत्खनन होस् भन्ने चाहन्छन्।
तर सरकारी वकिलहरूले ब्रजिलबाट निर्यात हुने सुनमध्ये ३० प्रतिशत सुन अवैध खानीबाट आउने गरेको आरोप लगाउँदै तीनवटा ठूला सुन कम्पनीविरुद्ध मुद्दा हालेका छन्। आदिवासीहरू बसोबास गर्ने क्षेत्रबाट गैरकानुनी रूपमा सुन उत्खनन गरिएको उनीहरूको दाबी छ।
सुरक्षाकर्मीहरूको एउटा संयुक्त कार्यबलले ठाउँठाउँमा छापा मारेर आपूर्तिका विभिन्न तहबाट अवैध सुन पत्ता लगाउने प्रमाण खोज्दैछ।
तपाईँले अहिले लाइराखेको गहना ब्रजिलको अवैध सुनबाट बनेको हुनसक्छ है! के त्यसबारे विचार गर्नुभएको छ?