कविता
यस कविताको लेखक राधा रमा
इटहरी
महसुस
मुटु छ धड्कछैन
हृदय छ समवेदना छैन
आँखाछन् दृश्य छैन
अधर छन् मुस्कान छैन
वदन छ चोकर छैन
कान छन् सुन्ने आवाज छैन
हात छन् तर साथ छैन
खुट्टाछ्न् कदम छैन
दिमाग छ सोचछैन
यस्तोलाग्छ जिन्दगीको काम छैन
तिमी भन्छौ निस्ठुरी भने
मेरो त जिन्दगी भएर पनि, महसुस छैन
जीतेर पनि हारेको मान्छे म
तर
बस् तिम्रो नजरमा
मुर्तिझैँ श्रिङ्गारीएको मान्छे म
सबै रङ्ग समाप्त भएपछिको
एउटा आकाश
इन्द्रेणीको ताज खुइलिएको
निरस क्षितिजको
कोरा पानामा जिन्दगीका
कोर्न बाँकी
केही शब्द अक्षर र हरफ हरु
तिम्रै औलाहरूले कोरेर
मेरो कहानी को अन्तिम सर्ग सकियोस

मैले यो कबिता फेसबुक बाट बिना अनुमति साभार गरियको हु राधारमा मेम् को वाल बाट मैले सम्पर्क गर्न खोजेको छु छिट्टै सम्पर्क होला भन्ने आश लियको छु
अल्चना श्रेष्ठ