• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

म्याग्दीखोला जलविद्युतको सुरुङ खन्ने काम सुरू


  •    संवाददाता/ बुधबार, माघ २६, २०७८  

  •   पश्चिम म्याग्दी मालिका गाउँपालिका ६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरु खन्ने काम थालिएको छ। नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पदार्थको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाको प्रवर्धक कालिका हाइड्रोपावर प्रा.लि.का अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
    आयोजना स्थानीयवासी, म्याग्देली प्रवासी साथै गैरआवासीय नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको उहाँले बताउनुभयो। आयोजनालाई अवको तीन वर्षभित्र सक्नेगरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो। कोरोना महामारीका कारण आयोजना निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो। आयोजना दुईवर्ष अघि शिलान्यास गरिएको थियो।
    आयोजनका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबैतर्फ सुरुङ निर्माण सुरु गरिने बताउनुभयो। मालिका गाउँपालिका–७ बिम र वडा नं ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ।
    सुरुङमार्ग हुँदै ल्याइने पानीलाई एक सय मिटर हेडबाट रातोढुङ्गामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ। ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानी हुनेछ। आयोजना निर्माणमा पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्तिमगरले जानकारी दिनुभयो।
    सानिमा बैंक प्रमुख रही थप छ वटा बैंकहरुले यस आयोजानमा लगानी गरेका छन्। आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत् केन्द्रिय प्रसारणमा जोडिनेछ। हिउँदको चार महिना प्रतियुनिट आठ रुपियाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपियाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदविक्री हुने सम्झौता भएको छ। आयोजनाको साइट कार्यालय, आवास गृहसहितका भौतिक संरचना तयार पारिएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.