• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

गण्डकी प्रदेश बीच सीपमुलक CTEVT तालिमको पहिचान

"लेखनाथ उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् CTEVT गण्डकी प्रदेश बीच सीपमुलक तालिमको पहिचान "

  •    / मङ्गलबार, फागुन १०, २०७८  

  • पोखरा, १० फागुन ।
    लेखनाथ उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् CTEVT गण्डकी प्रदेश बीच सीपमुलक तालिमको पहिचान, सीपयुक्त जनशक्ति उत्पादन र रोजगारीमा आवब्द गराउने सम्वन्धमा द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो ।लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष छत्रधर आत्रेय र CTEVT गण्डकी प्रदेशको तर्फबाट निर्देशक प्रमोदभक्त आचार्य वीच समझदारी पत्रमा हस्ताक्षर गरि बजारको आवश्यकता अनुरुपको तालिममा जोड दिने र CTEVT बाट सोही अनुरुपको तालिम दिने प्रतिवद्धता व्यक्त भयो ।
    कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले छोटो समयमा संचालन गरिएको कपडाबाट चप्पल बनाउने तालिम निकै उपयोगी र आय मुलक भएको स्मरण गर्नुहुदैं अवका तालिमहरु पनि बजारको आवश्यकतालाई मध्येनजर गरि संचालन गरिने बताउनुभएको थियो । बजारमा दक्ष कामदार नहुने र बेरोजगारीको अन्त्य गर्नका लागि बजारको माग अनुसारको तालिम आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
    सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले बजारको आवश्यता अनुरुपको जुनसुकै तालिम दिन CTEVT तयार रहेको बताउनुहुदै CTEVT ले बैदेशिक रोजगारबाट फिर्ता भएका देखि बेरोजगार जनशक्तिलाई मध्येनजर गरि नयाँ नयाँ रोजगारी सृजना हुने खालका तालिम दिने र उद्यमी बनाउने अभियानमा आफु र संस्था लागेको बताउनु भएको थियो ।
    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेउवा संघका पूर्व अध्यक्ष बावुराम गिरीले CTEVTर उद्योग वाणिज्य संघको यो सहकार्यबाट वेरोजगार नागरिकहरुलाई सिपमुलक तालिम दिई दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमी बनाउने र आय आर्जनमा बृद्धि हुनेहुदाँ यस्ता किसिमका सम्झौता अत्यन्त फलदायी हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको थियो ।
    लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, CTEVT गण्डकी प्रदेशका उपनिर्देशक भोजराज ढुङ्गाना, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, उपमहासचिव जानुका पराजुली अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, कार्यसमिति सदस्यद्धय ध्रुवबावु भट्टराई र सन्तोष बराल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले कार्यक्रम संचालित गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.