• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग


  •    बोम्जन गुरुङ/ शनिबार, फागुन १४, २०७८  

  • कोरियामा रहेको जातीय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ चिसापानी स्थित गुरुङ समुदायको पुरोहित, लामा र गुरु पुर्नउत्थानका लागि करिब असी हजार रुपैंया सहयोग गरेको छ । गुरुङ समुदायको विश्वास, प्रचलन र परम्परामा आधारित धार्मिक विषयलाई पक्षपोषण गर्ने उद्धेश्यले गत बुधबार सो रकम हस्तान्तरण गरिएको हो ।

    बदलिंदो युग, आधुनिकिकरण र  परिवेशले प्रभाव पारिरहेको गुरुङ समुदायको संस्कारिक गतिविधिहरुको संरक्षण गर्न र लोपोन्मुख सामाग्रीहरुको जुटाउन सहज होस् भन्ने अभिप्रायले आर्थिक संकलन गरिएको अभियानका संयोजक एवं तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका उपाध्यक्ष गीतासिंह गुरुङले बताए । सो रकमले नयाँ लामा, गुरु, पुरोहित उत्पादन गर्नका लागि खर्च गरिने, गुफा बस्ने अर्थात् घोम्मर राख्ने प्रक्रियाको आवश्यक सामाग्री किन्ने बताईएको छ । “संस्कार जोगाऔं संस्कृति जोगाऔं, लामा गुरु, पुरोहित जोगाऔं” अभियानका अभियन्ता सुनिल गुरुङले आफ्नो समुदायको प्रक्रिया अनुसार कुनै शुभकार्य, कर्म काण्डको  र पितृ कार्य (अर्घौ) कार्यको लागि आफूहरु सदैव तत्पर रहेको जानकारी दिए । कार्यक्रममा जनजागरण तमू समाज सिम्लेका सचिव पूर्ण बहादुर गुरुङ, कोषाध्यक्ष मोती गुरुङ लगायतका समाजका विशेष व्यक्तित्वहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

    तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष कर्ण गुरुङले प्रवासमा रहेर पनि संस्थाले आफ्नो जातीय मौलिक परम्परा, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्द्धनमा प्रत्यक्ष, अप्रत्यक्ष टेवा पुर्याईरहेको सन्दर्भ उल्लेख गर्दै यस अघि मोरङको पत्थरी शनिश्चरमा तमू भाषाको कक्षा सञ्चालन गर्न तीन लाख रुपैंयाको अक्षय कोष स्थापना गर्नुको साथै तत्काल तमू भाषाको कक्षा सञ्चालन गर्न पचास हजार रुपैंया प्रदान गरिसकेको स्पष्ट पारे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.