श्रीमतिको अन्तिम संस्कार र तेह्रौं दिन पछि रिटायर्ड शिक्षक कमलबहादुर गाउँ छाडेर सन्तोषको काठमाडौको ठूलो घरमा आएका छन् । सन्तोषले धेरै संघर्ष पछि यहाँ बुबालाई ल्याउन सफल भएको छ । पहिला पनि पटक पटक प्रयास गरेको भए पनि आमाले बुबालाई यो भनेर सम्झाउने गर्नुहुन्थ्यो “छोरा बुहारीको जिबनमा हस्तक्षेप गर्न जानू हुँदैन”। हामिलाई यहीँ ठिक छ । सारा जिन्दगी यही बित्यो र थोरै बाचेकुचेको जिन्दगी पनि यहीँ बिताउनुपर्छ । गाउँमा एक्लै बस्न बुबाको इच्छा मर्छ । तर यसपटक कुनै रोकछेक बाधा भएन र छोराको ममता भन्दा श्रीमतिको यादमा बढी शक्ति भएन त्यसैले कमलबहादुर उदयपुर नेपालटार गाउँ छाडेर काठमाडौ आए । सन्तोष एउटा ठूलो कंस्ट्रक्शन कम्पनीमा इन्जिनियर छ। उसले आलिसान घर र गाडी किनेर राखेको छ। घरभित्र पस्ने बित्तिकै कमलबहादुर ठिङ्ग उभिए । सफा राम्रो गलैंचामा खुट्टाले टेक्ननै मानिरहेको थिएन । ढोकामा उनलाई उभिएको देखेर सन्तोष ले भन्यो: “आउनुहोस् बुबा भित्र आउनुहोस् ।” .. “छोरा मेरो फ़ोहोर खुट्टाले गलैंचामा कुल्चदा कालो दाग लाग्छ त्यसैले टेक्न सकिन” – “बुबा , तपाईं त्यसको चिन्ता नगर्नुहोस् । आउनुहोस् यहाँ सोफामा बस्नुहोस ।” डराउदै काप्दै खुट्टाले हिडेर सोफामा बस्नुभयो, बस्ने बित्तिकै चिच्याउनुभयो हैट! झन्डै लडिन । नरम र टिक भएको सोफा गद्द्दामा बस्ने बित्तिकै भित्री शरीर सिरिङ्ग भयो । त्यसैले बुबाले झन्डै लडे भनेर चिच्याउनु भएको थियो ।
“बुबा छोरा सँगै बसेर चिया पिएपछी सन्तोषले बुबालाई भन्यो: बुबा , आउनुहोस् म तपाइँलाई मेरो घर देखाउँछु ।” – “हुन्छ छोरा जाउ।” – “बुबा , यो यहीँ बैठक रुम हो जहाँ हामिले चिया पिएका थियौं । यहाँ कोही अथिती पाहुना आउदा चिया नास्ता र गफसफ हुन्छन् । यहाँ डाइनिङ हल छ । यहाँ हामिहरु खाना खान्छौं । बुबा यो भान्साकोठा हो र यो सँगै जोडिएको यो भण्डार घर हो। यहाँ भान्साकोठामा सम्बन्धित सामाग्री राख्ने गर्छौं । यो बच्चाहरुको कोठा हो ।” बुबा: अर्थात बच्चाहरु आफ्ना आमाबुबासँग साथमा सुत्ने बस्ने गर्दैनन्? बुबा यो शहर हो त्यसमा पनि काठमाडौ शहर । यहाँ बच्चालाई जन्म देखि नै एक्लै सुत्ने बानी लगाउँनुपर्छ। आमा त मात्र समय समयमा दूध खुवाउन जान्छिन र बाकी कामहरु घरमा काम गर्नेले आएर गर्छिन । एकछिन उभिएर सन्तोषले भन्यो: बुबा , यो तपाईंको बुहारी र मेरो सुत्ने कोठा हो । यो सानो कोठा घर पालुवा जनावरको लागि हो। यदि कुनैबेला कुकुर ल्याउन पर्योभने उसको लागि ब्यवस्था गरेर राखेको हो। माथिल्लो सिँढी चडेर सन्तोषले लामो फराकिलो छतको कुनामा बनेको एउटा जस्ताको छानो भएको कोठा खोलेर देखाउदै भन्यो: बुबा, यो घरको स्टोर कोठा हो , घरको सबै टुटेफुटेका र बेकार बस्तुहरु यहाँ जम्मा गर्ने गरिन्छ । र दशै तिहारमा यस कोठालाई सफाइ गर्ने गरेको छ । त्यसमाथि एउटा बाथरुम र ट्वाइलेट पनि बनाइदिएका छौ । कमलबहादुर ले देखे कि यसै राखनधरन स्टोर भित्र एउटा फोल्डिङ खाटमा ओछ्यान लगाइएको थियो र त्यसमाथि उनले गाउँबाट लिएर आएको झोला पनि राखिएको थियो। कमलबहादुर ले फर्किएर सन्तोष तर्फ हेर्दा उ लुसुक्क बिरालोको चालमा तल गैसकेको थियो। शिक्षक कमलबहादुर खाटमा बसेर सोच्न थाले ” कस्तो यो घर हो जहाँ भबिस्यमा पालिने पशुको लागि कोठा बनाएर राखिएको छ तर बुढा भएका आमाबुबाको लागि कोठा राखिएको छैन ।
उनिहरुको लागि पुराना थोथ्राथात्री राखिने कोठालाई नै उचित कोठा मानिन्छ । … होइन म अहिले नै कवाड भएको छैन , सन्तोषको आमाको सोच एकदम सहि रहेछ । म यहाँ नआउनुपर्ने थियो। भोलिपल्ट बिहान जब सन्तोषले बुबाको लागि चिया लिएर छतभाको कोठामा गयो उसले कोठा खाली देख्यो। बुबाको झोला त्यहा थिएन । ट्वाइलेट र बाथरुममा पनि हेर्यो तर बुबा त्यहा थिएनन् । उ झट्ट तल आयो र देख्यो मुलगेट खुल्ला थियो, शिक्षक कमलबहादुर गौसला बस काउन्टरमा गएर गाउँ जाने एउटा टिकट लिइ बसपार्क छेउको होटलमा बिहानको चिया पिएर थानकोट कटिसकेका थिए । गुडिरहेको गाडी झ्याल पटिको सिट हावाले अनुहारमा छोएर कमलबहादुरको निर्णयलाई अझ बलियो बनाइ रहेको थियो ।।