यो चालीस बर्षे उमेर
बढो अचम्मको हुने रहेछ
न बीस को जोस न साठी को दिमाग
यो उमेर हरेक तर्फबाट गरिब हुने रहेछ ।
फुलेको सेतो कपालले गाँज्न थाल्छ , कपाल झर्न थाल्छ
छिटो दौडियो भने सास बढ्न थाल्छ
टुटेका सपना, अधुरा रहर सबै
मुख ताक्न थाल्छन् ।
खुशी त यही कुराको हुन्छ
यो उमेर सबैलाई आउँछ ।
यो चालीस कटेसी को उमेर पनि बढो अचम्मको हुदो रहेछ..
न त कुनै राम्री केटिले मुस्कुराएर हेर्छन्
न त आँखा ले तिर हान्छन ,
गल्तीले आँखा जुध्यो भने पनि
यो उमेरले आफुलाई दयारामा राख्छ ।
जवानिमा जसलाई आफुले कदर गर्दैन थियो
त्यो जवानी अब धेरै नजिक आउदै छ ।
यो चालीस कटेसीको उमेर पनि बढो अचम्मको हुदो रहेछ..
आफुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सकिन्छ
सुरु बाट सुरुवात गर्न सकिन्छ
पहिला आधा जिबन त राम्रै कटेको छ
थोरै कपाल कालो
र मनलाई हरियो बनाउनुपर्छ
केहि अधुरा चाहनाको साथमा , जिन्दगी सँग सम्झौता गर्नुपर्दो रहेछ ,
जिन्दगी आफ्नै रफ्तारमा चल्ने छन्
आफुले आफ्नो गति नियन्त्रण गर्नुपर्ने रहेछ..
यो चालीस कटेसीको उमेर पनि बढो अचम्मको हुदो रहेछ बा
न बीस को जोस न साठिको दिमाग
उनीहरु हरेक क्षेत्रमा गरिब छन ।
सेतो फुलेको कपाल झर्न थाल्छ
छिटो दौडियो भने सास फेर्न गार्हो हुन्छ
टुटेका सपना अधुरा रहर सबै
आफ्नो मुख ताक्न थाल्छन ।
खुशी त बस यति कुराको हुन्छ
यो उमेर सबैलाई आउँछ..
यो चालीस कटेसी उमेर पनि बढो अचम्मको हुदो रहेछ..
न त कुनै राम्री केटिले मुस्कुराएर हेर्छन्
न त आँखाले तिर हान्छन..
गल्तिले कसैसँग आँखा जुध्यो भने पनि
आफ्नो उमेरले दायारामा ल्याउने रहेछ ।
जसको जवानिमा कदर थिएन
त्यो जवानी अब धेरै नहिक आउदै छ ।
यो चालीस कटेसीको उमेर पनि बढो अचम्मको हुने रहेछ …
जसरी हेर्ने दृष्टिकोण परिवर्तन गर्न सकिन्छ
सुरु बाट सुरुवात गर्न सकिन्छ
आधा उमेर त राम्रोसँग बितेको छ
अब बाचेको जिन्दगी पनि राम्रोसँग पार गर्न सकिन्छ ।
हल्का कपाल कालो पार्ने
र मन हरियाली बनाउने
अधुरो चाहनाको साथमा , जिन्दगी सँग सम्झौता गर्नुपर्दो रहेछ
जिन्दगी आफ्नै रफ्तारमा चल्ने छ
आफुले आफ्नो गति नियन्त्रण गर्नुपर्छ ।
यो चालीस कटेसीको उमेर पनि बढो अचम्मको हुने रहेछ..
अधुरो चाहना नभएको साथमा , जिन्दगी सँग सम्झौता गर्नु पर्दोरहेछ..
जिन्दगी आफ्नै रफ्तारमा चल्छ
आफुले आफ्नो गति नियन्त्रण गर्नुपर्दो रहेछ…
यो चालीस कटेसी को उमेर पनि बढो अचम्मको हुदो रहेछ .
सम्पुर्ण ४० + हरुमा समर्पित