नेपाल सहकारी वित्तीय सस्था को केन्द्रिय अध्यक्ष, साहित्यकार तथा समालोचक डा.तुलसी भट्टराईलाई एकलाख राशिको पुरस्कार प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित एक लाख रुपियाँ राशिको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’ साहित्यकार तथा समालोचक डा. भट्टराईलाई प्रदान गरिएको हो ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले चैत १५ गते काठमाडौमा एक कार्यक्रमको आयोजना गरेर उक्त पुरस्कार प्रदान गरेको थियो । पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुरस्कृत डा. भटेटराईलाई प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती , प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी , पुरस्कारका संस्थापक मनीराज जोशी र कार्यक्रम संयोजक मदनराज पाण्डे लगायतले आआफ्नो मन्तव्य राखेका थिए । २०७३ सालमा स्थापना भएको सो पुरस्कारबाट यसअघि राष्ट्रकवि माधव घिमिरे, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विराटनगरका साहित्यकार दधिराज सुवेदी पुरस्कृत भइसकेका छन् ।
प्रजातान्त्रिक आन्दोलनमा बीपी र कृष्णप्रसाद भट्टराईसंगै रहेर लामो समय काम गरेका डा। भट्टराईका डेढ दर्जन कृति प्रकाशित भएका छन् । उनका कथा, कविता , उपन्यास , समालोचना , संस्मरणका साथै भाषाका कृति प्रकाशित छन् ।
डा. भट्टराई साझा प्रकाशनका पूर्व अध्यक्ष एवं महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष ,नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव र नेपाली लेखक संघका पूर्व अध्यक्ष हाल नेपाल सहकारी वित्तीय सस्था को केन्द्रिय अध्यक्ष समेत रहेका छन् । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीबृद्धिमा उल्लेखनीय योगदान दिनुहुने स्रष्टालाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिदैआएको प्रतिष्ठानका अध्यक्ष जोशीले बताए । पुरस्कार वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित गरिएको हो । जोशीले कैलालीको धनगढीमा रहेर नेपाली साहित्य तथा ज्योतिष विधामा सक्रिय रहनुभएका महाकाव्यकार नेपाली साहित्यको उत्थान र श्रीबृद्धिमा ठूलो योगदान गरेका छन् ।
यसै गरि नेपाल सहकारी वित्तीय सस्था पोखरा शाखाको संयोजक दिल कुमार श्रेष्ठ ,चितवन शाखाको अध्यक्ष बसन्त मोहनअधिकारी,बीरगंज,शाखाको अध्यक्ष राम श्रेष्ठले हाम्रो संस्थाको शिर अझ उच्च बनाउनु भएकोमा गर्व महसुस गर्दछौं भन्दै हार्दिक बधाई बेक्त गर्नु भयो
साभार खुलामंच डट कम