• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

मानव जातिकै सबैभन्दा नजिकका पुर्खा “ड्रागन म्यान”को जीवाश्मा चीनमा भेटियो

"मानव जातिकै सबैभन्दा नजिकका पुर्खा "ड्रागन म्यान"को जीवाश्मा चीनमा भेटियो  "

  •    संवाददाता/ शुक्रबार, चैत २५, २०७८  

  • उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् ।

     

    “ड्रागन म्यान” समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा ‘हर्बिन क्रेनियम’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।

    पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। “हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । निएन्डरथल्स भन्दा पनि हर्बिन हाम्रा नजिकका पुर्खा हुन्,” लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका अनुसन्धाता क्रिस स्ट्रिंगरले भने ।

    स्ट्रिंगरले पछिल्लो ५० वर्षको अवधिमा हर्बिन हड्डी जत्तिको महत्वपूर्ण जीवाश्मा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । “हर्बिन हड्डी पछील्लो ५० वर्षको अवधिमा मैले देखेको सबैभन्दा महत्वपूर्ण जीवाश्मा हो । यसले के देखाउँछ भने पूर्वी एसिया र चीनले मानव कथा सुनाउन कति महत्वपूर्ण छ त ।”

    यो नयाँ खोजबारे विस्तृतमा लेखिएका तीनवटा निश्कर्ष सामग्री शुक्रबार द इनोभेशन जर्नलमा प्रकाशित भएका छन् । अनुसन्धान अनुसार होमिनी होमो लोंगी हेइलोङजियाङ क्षेत्र वा ब्ल्याक ड्रागन रिभरबाट आएका थिए ।

    उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।

    अनुसन्धाता स्ट्रिंगरले भनेका छन्, “यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।

    चीनमा भेटियो मानव जातिकै सबैभन्दा नजिकका पुर्खा "ड्रागन म्यान"को जीवाश्मा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.