बुबा स्वर्गवास भएपछि आज पहिलोपटक हामी दाजुभाइको फोनमा कडा बहस भयो,। मैले उसको कुरालाई स्पष्ट रुपमा इन्कार गर्दिएँ।
पुष्तेनी घर छोडेर केहि किलोमीटर टाढा यो बजारमा बस्न आएको थिएँ। म र मेरा बच्चाहरुलाई त्यो कच्ची धुल्लाम्मे सडकमा बस्न मन पर्दैन थियो। हामी दुई श्रीमान श्रीमतीको राम्रै तलब हुने भएकाले फ्लाइट लिएर बसेउ । हाम्रो बुबाले हामिलाई सरल तरिकाले अंश बन्डा त गरेका थिएनन् तर त्यो पुष्तेनी घरमा मेरो पनि बराबर अधिकार छ।
भाइले हुँदैन पनि भन्दैन , लेखा पढी गरेर अंस लगान पनि उ राजी छ। तर समस्या यो छ कि उसले मेरो भागको अंशमा कोचिङ सेन्टर खोल्न चाहन्छ ।
उसको शिक्षकको जागिर ७ महिना अगाडि खुस्कियो। दुई महिना अगाडि यताउता नजिक कोठाभाडा लिएर कोचिङ सेन्टर खोलेको छ । फोनमा भनिरहेको थियो ” तपाईंको भागमा परेको अंशमा कोचिङ सेन्टर खोल्छु, मेरो भाडा तिर्ने पैसा बच्छ।”
यो कस्तो कुरा गर्दै छ, अंश मेरो उपभोग गर्ने चाहिँ उ । त्यसमाथि मेरो श्रीमतिले पनि उसकै सपोर्ट गर्दै भनिन: कोचिङ सेन्टर खोल्न दिनुहोस् न त उ तपाईंको कान्छो भाइ हो। दुख पर्दा त साथ दिने हो नि दाजु भएपछि तपाईंको कर्तव्य पनि त हो भाइलाई दु:खको बेला हेर्ने।”
अब म के बोलौ पत्रीका पल्टाएर हेरे र थैलो बोकेर तरकारी लिन अगाडिको सब्जी पसल तिर गए ।
सब्जी पसलमा पस्ने बित्तिकै बर्षौं अगाडि देखि तरकारी उसैको बाट लाने सब्जी वाला भईया देखे। उसको पसलमा फटाफट गए।
कहाँ हराएको थियौं यतिका दिनसम्म? महिनौ भैसक्यो मैले यताउता बाट तरकारी किनेर लगेको।
गाउँ बिरगंज गएको थिए हजुर। सानो भाइको स्वास्थ्य स्थिति धेरै बिग्रेकाले हालत खराब भएको थियो। गए र सबै ठिक बनाएर आएँ। घरमा नै सानो दोकान राख्दिएर आएँ। बुबा हुनुहुन्न त के भयो बडा भाइ पनि त बुबा समान हुन्छन् नि साब जि।
उसको कुरा सुनेर गला सुकेको झै भयो। तरकारी लिन आएको थैलो त्यही छोडेर अटोमा चडेर कच्ची रोड हुँदै घर पुगे।
बाहिर खेल्दै गरेका भाइका दुई छोराछोरीले मलाई देख्ने बित्तिकै “ठुलोबुबा आउनुभो , ठूलो बुबा आउनुभयो” भनेर म संग लुटुपुटु गर्न थाले ।
आवाज सुनेर कान्छो भाइ पनि बाहिर निस्कियो । मैले उसलाई हप्काउँदै भने: “निकै ठूलो भैसकेछस तँ । मैले थोरै के भनेको थिए, तैले त्यसपछि देखि फोनै गर्न छोडिस ।”
“जब तपाईंले स्पष्ट रुपमा इन्कार गर्नुभएको थियो , त्यसपछि तपाइँलाई किन फोन गर्न?”
हो-हो कत्ति न मेरो कुरा सबै मानेको जस्तो गर्छस।
किन मान्दिन तपाईंले भनेर त हेर्नुहोस् ।
तेरो कोचिङ सेन्टरको फर्निचर लाई मरामत गर्नको लागि यहाँ केहि पैसा छ राख। यहाँ बाट सार्नु अगाडि सबै राम्रोसँग ठिक गर।
मतलब यो मेरो सामान.. । तपाईंको यो उपकारको म…।
भन्दै गर्दा उसको गला भरियो आँखा भरि टिलपिल आँसु पार्यो।
उपकार होइन पागल, यो त मेरो कर्तव्य हो जुन मैले बिर्सिएँको थिए। र यो भनिरहदा मेरो आँखामा आँसु टिलपिल भयो।।
