• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

सन्तोष कार्की मौसुफ द्वारा लिखित “बाबा “

"बुबाले बारम्बार आफ्नो ओछ्यान बाहिर मुलगेट छेउको कोठामा सार्नको लागि भनिरहनु भएको थियो। "

  •    संवाददाता साभार अल्चना श्रेष्ठ / शनिबार, चैत २६, २०७८  

  •       अभियान खबर
              बुबाले बारम्बार आफ्नो ओछ्यान बाहिर मुलगेट छेउको कोठामा सार्नको लागि भनिरहनु भएको थियो। बुबाको कुरा सुनेर छोरा निराश थियो।
    बुहारी ससुराको कुरा सुनेर श्रीमान सँग गनगन गर्थिन..कसैले बुढाबुढिलाई कोठा दिदैनन हामिले दोस्रो तलामा अटैज भएको कोठा दिएका छौ.. सबै सुबिधाहरु दिएका छौ , हराम बिराम हेर्ने लुगा फाटो धुइदिने काम गर्ने महिला पनि राखेका छौ। थाहा छैन किन ७८ बर्षको उमेरमा पागल भैरहेका छन् ,  आउने जाने मुल गेट छेउको कोठामा ओछ्यान लगाइदे भन्दै हुनुहुन्छ?
            बुबा कमजोर र बिरामी हुनुहुन्छ ओछ्यान बाट उठ्न पनि सक्नुहुदैन..
    छोरा सन्तोष ले सोच्यो  जिद्दी गर्दै हुनुहुन्छ , उहाँको ओछ्यान गेट छेउको कोठामा लगाइ दिनै पर्यो । बुबाको इच्छा पूरा गर्दिने उसको स्वभाव थियो।
    अब बुबाको ओछ्यान मुल गेट छेउको कोठामा सारिएको छ।
    हरेक समय ओछ्यानमा नै ढल्किरहने बुबा , अब गेट गार्डेन वरिपरि हिडडुल गर्न थाल्नुभएको थियो।
    केहि समय आगनमा हिड्ने , आगनको दुबोमा खेल्ने
    नातिनातिना हरुसँग कुराकानी गर्ने
    हास्ने बोल्ने अनि मुस्क्नुराउने गर्नुहुन्थ्यो ।
    कहिलेकाही छोरालाई आफुलाई मनपर्ने खानेकुरा ल्याउनको लागि भन्ने गर्नुहुन्थ्यो ।
    आफू पनि खाने , छोरा बुहारी र नातिनातिना लाई पनि खुवाउने..
    बिस्तार-बिस्तारै उहाँको स्वास्थ्य राम्रो हुँदै थियो।
    हजुरबुबा मेरो बल यता फाल्नुहोस् न..
    गेट भित्र प्रेबेश गर्दै गर्दा सन्तोष ले ७ बर्षको छोराको आवाज सुन्यो।
    त्यसपछि सन्तोष ले छोरा लाई गाली गर्न थाल्यो..
    रुपेश हजुरबुबा बूढो हुनुहुन्छ , यस्तो काम आइन्द नलगाउनु..
    बुबा। हजुरबुबाले दिनदिनै हाम्रो बल उठाएर हामिलाई दिनुहुन्छ , रुपेश ले भन्यो…
    के.. सन्तोषले बृद्ध बुबालाई अचम्म मान्दै हेर्यो..
                बुबा: हो बाबू तिमिहरु छोरा बुहारिले मलाई धेरै सुख सुबिधा दियौ माथिको कोठामा । तर आफ्नाहरु नै मेरो साथमा थिएनन् . तिमिहरु सँग कुरा गर्न पाइन.. कोठामा म एक्लै भए।
    जबदेखी मुल गेट छेउको कोठामा ओछ्यान सार्दियौ तबदेखी नातिनातिना संग दिनकै कुरा हुन्छ. यिनिहरु पनि हजुरबुबा भन्दै झ्याम्मिदै आउछन् । बेलुका यसैगरी आगनमा खेल्छौ । तिमीहरु बाहिर भित्र गर्दा कुरा पनि हुन्छ ।
    बुबाले बोल्दै जानुभयो र सन्तोष ले सोचिरहेको थियो
    बृद्धहरुलाई सायद भौतिक सुख सुबिधाहरु
    भन्दा बढी आफ्नाहरुको साथ नै आवश्यक हुने रहेछ…
    बृद्धहरुको सम्मान गर्नुहोस्
    यिनिहरु हाम्रो धरोहर हुन…
       यिनिहरु त्यो रुख हुन , जसलाई जिन्दगीको भोगाइले थोरै कोठोर र तितो बनाएका छन् , तर फलहरु निकै मिठा हुन्छन् , र यिनको छाहारी लाई कसैसँग तुलना गर्न सकिदैन ।
    May be an image of 1 person
                                          लेखक को वाल बाट साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.