काठमाडाैंमा हुने एफएनजे मिडिया कप फुटसलमा सहभागी हुने नेपाल पत्रकार महासंघ कास्कीकाे टिमलाई अाईतबार बिदाइ गरिएकाे छ । नेपाल पत्रकार महासंघकाे स्थापना दिवसका अवसरमा चैत २८ र २९ गते अायाेजना गरिएकाे प्रतियाेगितामा सहभागी हुने कास्की शाखा (एफएनजे कास्की ) का खेलाडी तथा अफिसियललाई एक कार्यक्रमकाे अायाेजना गरि बिदाइ गरिएकाे हाे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले टाेलीका संयाेजक धनबहादुर गुरुङ र कप्तान सुरज श्रेष्ठलाइ महासंघकाे लाेगाे अंकित जर्सी हस्तान्तरण गरि बिदाइ गरेकाे हाे ।
कार्यक्रममा अध्यक्ष भण्डारीले कास्की शाखाकाे गरिमा बढाउने गरी खेल प्रस्तुत गर्न अाग्रह गरिन् । केन्द्रले गर्ने हरेक काममा कास्की शाखाले उत्कृष्ट काम गर्दै अब्बल राखेकाले फुटसलमा पनि त्याे शाख जाेगाउने गरी खेल्नका लागि उनले शुभकामना दिइन् । नेपाल स्पाेर्ट्स् सेन्टर च्यासलमा हुने प्रतियाेगितामा कास्कीसँगै १६ टिमकाे सहभागीता रहेकाे छ । एफएनजे कास्कीले साेमबार बिहान ११.३० बजे अनलाईनखबर सँग पहिलाे खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एफएनजे कास्कीकाे टिममा कप्तान सुरज श्रेष्ठ, उपकप्तान अर्जुन गाहा मगर (सुशान्त), धनबहादुर गुरुङ (सुमन), बिजय नेपाली, पूर्ण न्याैपाने, लाेकेन्द्र ढकाल, बिशन क्षेत्री, अनुप पाैडेल, मन क्षेत्री, प्रबिन मगर र वसन्त शेर्पा छ !