३० चैत २०७८, पोखरा
मिलन तमु
पैयुँखोला तमु समाज, पोखरा-१४ काजीपोखरीले यसपटकको ट्हो त्हें (ट्होटें) पर्व हिजो चैतको अन्तिम मंगलबार २९ गते आफ्नै समाज घरको प्राङ्गणमा मनाएका छन । तमु धिं नेपालको आयोजनामा पोखरामा रहेका क्षेत्रीय तमु समाजहरुले सामुहिक रुपमा ट्हो त्हें (ट्होटें) मनाइन्थ्यो यसपटक भने पैयुँखोलेले प्रतिकूल समयको कारण आफ्नै समाजमा मनाएको हो । हरेक वर्ष साउनको पहिलो मंगलबार र चैतको अन्तिम मंगलबार उधौंली उभौंली पर्वको रुपमा मनाउँदै आएको ट्हो त्हें (ट्होटें) उतिबेला तमुहरुले आफ्नो गाउँ बस्तीको सुरक्षाको निमित्त पुजा गरि शत्रु बैरी, रोग भोक शोक आदि नकारात्मक तत्वहरुलाई गाउँ बस्तीबाट हटाउने/धपाउने गरिन्थ्यो त्यसैको परम्परागत विश्वास आज पनि तमुहरु आफू बसेको समाज समुदाय भित्र हुनेगरेका विसंगति बेथिति कुरिती आदि नकारात्मक पक्षको विरुद्धमा सो प्रचलनलाई मान्दै आएका छन । झाँकी सहितको पैयुँखोलेको रेली समाजघरबाट सुरु भइ काजीपोखरी क्षेत्र परिक्रमा गरि समाजघरदेखी दक्षिण पट्टिको खोल्सामा लगेर विसर्जन गरेका छन ।

