संचार माध्यमहरूको भिडमा सानो प्रयास स्वरूप यस अभियान टिम प्रा.लि.परिवारले नयाँ बर्ष २०७९ को पावन अवसरमा अनलाईन समाचार तथा सूचना प्रवाह र सम्प्रेषण गर्ने उद्देश्यले एक भरपर्दो र विश्वसनीय विधुतीय समाचारपत्र जासमुदायविच औपचारीकरूपमा अभियान खबर नामक अनलाइन पत्रिका प्रकाशन गरेका छौँ। अभियान खबर एक भरपर्दो र विश्वाशनीय सूचना प्रवाहका लागि स्थापीत समाचारपत्र हो र यसको प्रकाशन विधुतिय अनलाइन न्यूजपोर्टल सूचनाप्रेस ( www.abhiyankhabar.com ) मार्फत हुने व्यहोरा अभियान टिम प्रालि को अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिनु भयो !
नयाँ वर्ष २०७९ सालको पावन अवसरमा सम्पुर्ण सम्माानित जनसमुदायहरूमा सुख, समृद्धि, शु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त र्गदै प्रामर्श बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्ष रहमोहन सुबेदी , नेपाल सहकारी वित्तीय सस्थाको पोखरा शाखा को ब्यबस्थापक अनिल सुबेदी , फ्लाेरिङ फर्निसिङ ब्यवसायी संघ,कास्की अध्यक्ष जिबन प्राकाश श्रेष्ठ ,समाज सेवी दिपक अधिकारि , मास्टर बेकरी संचालक अँण नाथ अधिकारि ले अभियान टिम प्रालि ले चालेका हरेक पाइला शिखरमा चुमोस भन्दै शुभकामाना मन्तब्य दिनु भयको थियो ।
सस्थाको बिसयमा www.abhiyankhabar.com” नेपाल तथा नेपालबाहिर वा संसारका मानव समुदायलाई एउटै व्यवस्था भित्र समेट्दै मानिसको जनजीवन, संघ, संगठन, रीतिरिवाज, धर्म, शिक्षा, चिन्तन, कानून, जात, वर्ग संस्कृति,परम्परा आदिमा व्यापक प्रभाव पार्ने उद्देश्यको साथमा जनमानषमा आर्थिक, राजनीतिक, बैचारिक र सैद्धान्तिक चेतना फैलाउन सामाजिक, राजनीतिक, आर्थिक, अपराध, प्रशासन, कला साहित्य तथा मनोरञ्जन, विज्ञहरुको विचार, पर्यटन, सूचनाप्रविधि तथा स्थानिय निकायका क्षेत्रमा सत्य-तथ्य उजागर गर्ने अभिलेख तथा कृतिहरू प्रकाशन गरिनेछ। सांस्कृतिक मूल्य र मान्यता, दृष्टिकोण, रोजगारी, आय-आर्जन, अन्तरक्रिया, सां अभिवृति, सोचाई, सामाजिक व्यवस्था, संरचना, गतिशीलता, व्यवहार, राज्यको नीतिनिर्माण, विकास कार्यक्रम, रणनीति, लक्ष्य, उदेश्य, भाषाको विकास, खोज, अनुसन्धान, साहित्य,
विधि, चिन्तन प्रणाली, विश्वास, परम्परा, मानव सम्बन्ध आदि जस्ता समाजका संवेदनशील तथा सान्दर्भिक बिषयमा समाचार प्रशारण गर्दै मिती २०७९ /बैशाख /०१ देखि परीक्षण गर्न लागि परेका छौँ। हजुरहरूको साथ र सहयोगको अपेक्षा गर्दछौँ अध्यक्ष दिल कुमार श्रेष्ठले भन्नु भयो !
अभियान टिम प्रालि को कार्यालयमा भयको उक्त कार्यक्रम संचालन अल्चना श्रेष्ठले गर्नु भएको थियो !