• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान


  •    संवाददाता/ शुक्रबार, बैशाख ०२, २०७९  

  • अभियान खबर-

    २ बैशाख २०७९,

    राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ ।

    नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो ।

    समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिनुभएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताउनुभयो । उहाँले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गर्नुभयो ।

    पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो । स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उहाँले चित्रण गर्नुभयो । समारोहमा विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशकलगायत विदेशी पाहुनाको सहभागिता थियो ।

    सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ । नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ ।

    प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराउनुभएको थियो । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.