• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

वर्षा र करणको सम्बन्ध के हो ? के वर्षाको प्रेममा भिज्दैछन् करण ?


  •    संवाददाता/ शुक्रबार, बैशाख ०२, २०७९  

  • अभियान खबर
    बैशाख ,२

    मैदानमा चौका र छक्काको वर्षा गर्ने क्रिकेटर करण केसीको जीवनमा प्रेमको वर्षा हुन थालेको चर्चाले यतिबेला गसिप बजार गर्माएको छ ।

    चर्चित युट्यूवर/सिने पत्रकार वर्षा बस्नेतसँग उनको निकटतालाई धेरैले अफेयरका रूपमा बुझ्न थालेका छन् ।

    निकटस्थ स्रोतका अनुसार केही समयदेखि गुपचुप प्रेममा छन् वर्षा र करण । उनीहरू अहिले आफ्नो सम्बन्ध ‘डिस्क्लोज’ गर्न चाहँदैनन् तर लुकाउन पनि सकिरहेका छैनन् । सामाजिक सञ्जालका विभिन्न पोस्टहरूले उनीहरू प्रेममा रहेको छनक मिलिरहेको छ ।

    केही दिनअघि एकै पटक वर्षा र करणले आफ्नो इन्स्टा स्टोरीमा फरक–फरक तस्बिर हाले । करणले हालेको तस्बिरमा आपसमा बाँधिएका स्त्री र पुरुषका दुई हात मात्रै देखिएको थियो । क्याप्सनमा लभ इमोजीसहित ‘बेटर टुगेदर’ लेखेका थिए करणले ।

    उक्त तस्बिरमा देखिएको स्त्री हात उनै वर्षाको भएको दुवैको फ्रेन्ड लिस्टमा हुनेहरूले लख काटे । वर्षाले त्यही दिन हालेको आफ्नो तस्बिरमा उनले लगाएको लुगा र करणले तस्बिरमा स्त्री हातले लगाएको लुगा म्याच भएको थियो ।

    वर्षाले हालेका विभिन्न पोस्टहरूमा करणसँग नाम जोडेर कमेन्टहरू आउन थालेका छन् । कतिपयले वर्षालाई ‘भाउजू’ भनेर लेख्नसमेत भ्याएका छन् । वर्षाका पोस्टमा क्रिकेट खेलाडीहरूले पनि कमेन्ट गरेको भेटिन्छ ।

    वर्षा र करण भने आफूहरू असल साथी मात्र भएको बताउँछन् । नेपाल प्रेससँगको कुराकानीमा वर्षाले भनिन्, ‘बाहिर आएको सबै हल्ला मात्रै हो । हामीबिच त्यस्तो केही पनि छैन ।’

    तस्बिरमा लुगा म्याच भएको कुरा पनि उनले इन्कार गरिन् ।

    ‘उहाँले हालेको तस्बिरमा देखिएको हात मेरो होइन,’ वर्षाले टक्टकिँदै भनिन्, ‘मेरोजस्तो लुगा अरूले पनि लगाएको हुन सक्छ नि ।’

    यद्यपि, निकटस्थ स्रोतले भने उनीहरू प्रेममा नै रहेको दाबी गरेको छ । पहिले क्रिकेट खासै नरुचाउने वर्षा आजकाल क्रिकेट हेर्न मैदानमै पुग्ने गरेकी छन् । हिजो उनीहरू दुवैले एकै पटक पशुपति मन्दिरको आरतीको फोटो आ–आफ्नो स्टोरीमा हालेका थिए ।

    ३० वर्षीय करण नेपालका कीर्तिमानी क्रिकेटर हुन् । हालै उनले टी–२० मा ह्याट्रिकसहित ५ विकेट लिएर नयाँ रेकर्ड राखेका थिए । उनी विस्फोटक ब्याटिङका लागि चिनिन्छन् ।

    वर्षा चाहिँ खेलकुदबाट टाढा छन् । उनी सिने पाटी युट्यूव च्यानल चलाएर चर्चामा आएकी हुन् । फिल्मी क्षेत्रका सेलिब्रिटीहरुसँग उनी नजिक छन् । साथै, टिकटकमा पनि उनका प्रशस्त फलोअर छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.