• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

५ हजार लिटर पानी र २०० युनिट बिजुली नि:शुल्क : एकीकृत समाजवादीको घोषणापत्र

"५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / बुधबार, बैशाख ०७, २०७९  

  • ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।

    यस्तै खानेपानीको सुविधा नपुगेका स्थानमा अनिवार्य रुपमा पुर्याइने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यसैगरी प्रत्येक घरपरिवारलाई २०० युनिट बिजुली निःशुल्क रुपमा दिइने पनि घोषणा गरिएको छ । स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिइने समाजवादीको भनाइ छ । यस्तै विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली बालिने पनि समाजवादीको प्रतिबद्धता छ ।

         नेकपा (एकीकृत समाजवादी) पार्टीको घोषणापत्रमा समेटिएका १४ महत्वपुर्ण विषयहरु:-
    १. पिएचडी गर्न २ लाख :
    माधव नेपालको पार्टीले स्थानीय तहहरूले आफ्नो भूगोलभित्रका नागरिकले पालिकाले चाहेको विषयमा पिएचडी गर्न चाहेमा शोधार्थीलाई एकपटकका लागि एकमुष्ठ दुई लाख छात्रवृत्ति दिएर सहयोग गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
    २. छात्रालाई नि:शुल्क प्याड :
    एकीकृत समाजवादी पार्टीले स्थानीय तहहरूले विद्यालयमा अध्ययनरत किशोरीहर”लाई स्वास्थ्य परामर्श दिने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरको छ। त्यस्तै महिनावारी हुँदा प्रयोग गर्ने प्याड नि:शुल्क वितरणको व्यवस्था गरिने जनाएको छ।
    ३. दलित र गैरदलितको बीचमा विवाह भए पुरस्कार :
    एकीकृत समाजवादीले घोषणापत्रमा सामाजिक मुद्दालाई समेत समेट्ने प्रयास गरेको छ। स्थानीय तहको घोषणापत्रमा दलित र गैरदलितको बीचमा विवाह गर्ने जोडीलाई समाजमा स्थापित हुन र आफ्नै ठाउँमा सुरक्षित तरिकाले जीविकोपार्जन गर्न सक्ने बनाउन पुरस्कृत र प्रोत्साहित गर्ने उल्लेख गरिएको छ।
    ४. वृद्ध वृद्धालाई घुमाउन लैजाने :
    एकीकृत समाजवादीले वृद्ध वृद्धाहरूलाई विभिन्न धार्मिक, पर्यटकीय र मनोरम स्थानहरूको भ्रमण गराउने घोषणापत्रमार्फत् दाबी गरेको छ। त्यसका लागि प्रत्येक वर्ष ‘ज्येष्ठ नागरिक देशदर्शन कार्यक्रम’ सञ्चालन गरिने जनाएको छ।
    ५. विद्यालयमा नर्सिङ सेवा :
    एकीकृत समाजवादीले पार्टीको घोषणापत्रमा स्वास्थ्य उपचारका लागि प्रत्येक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने उल्लेख गरेको छ। त्यस्तै, जटिल खालका शल्यक्रियाहरू (जस्तै: मुटु, मिर्गौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।
    ६. विद्युत र पानीमा छुट :
    घोषणापत्रमा पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी नि:शुल्क उपलब्ध गराउने उल्लेख छ। त्यस्तै, स्थानीय सरकारमार्फत् हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिने उल्लेख छ। विद्युत महसुलको विषयमा प्रदेश र संघीय सरकारसँग समन्वय गरिने घोषणापत्रमा लेखिएको छ।
    ७. हरेक पालिकामा माटो परीक्षण :
    घोषणापत्रमा भूमि बाँझो राख्न नपाउने विषयलाई कडाइका साथ लागू गरिने उल्लेख गरिएको छ। त्यस्तै, हरेक पालिकाहरूमा माटो परीक्षण प्रयोगशाला स्थापना गरिने एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ।
    ८. हरेक वडामा खेल मैदान :
    एकीकृत समाजवादीको घोषणापत्रमा हरेक वडामा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठूला खेल मैदान निर्माण गरिने उल्लेख छ।
    त्यस्तै, हरेक पालिकामा आवश्यक उपकरण तथा सुविधा सहितको ‘इ लाइब्रेरी’ को स्थापना र सञ्चालन गरिने जनाइएको छ। त्यसैगरी हरेक टोलमा बाल उद्यान निर्माण गरिने र त्यस्ता उद्यानमा बालबालिका खेल्ने, रमाउने साधनहरूको व्यवस्था गरिने घोषणापत्रमा दाबी गरिएको छ।
    ९. पहाडका डाँडामा पोखरी :
    एकीकृत समाजवादीले घोषणापत्रमा पहाडका डाँडाकाँडामा पोखरीहरू बनाएर वर्षाको पानी बगेर खेर जानबाट रोक्ने जनाएको छ। त्यसले भूस्मखलमा कमी ल्याउने घोषणापत्रमा दाबी गरिएको छ। त्यस्तै, उपत्यका र तराईमा रहेका प्राकृतिक पोखरी, ताल र सीमसार क्षेत्रहरूको संरक्षण गरिने छ घोषणापत्रमा उल्लेख छ।
    पहाडको डाँडामा पोखरी बनाउँदा तल्लो क्षेत्रमा मूल पुन: रसाउने र ढुङ्गेधाराबाट पुन: पानी आउन थाल्ने अपेक्षा घोषणापत्रमा गरिएको छ। त्यस्तै, हरेक पालिकाहरूले ‘एक टोल, एक पोखरी’ को अवधारणाअनुसार आफ्नो भूगोलभित्रका डाँडाकाँडामा पोखरीहरूको निर्माण गर्ने घोषणापत्रमा दाबी गरिएको छ। यस्ता पोखरीहरूमा खास अवस्थामा बाहेक सिमेन्ट इत्यादिको प्रयोग नगर्ने र प्राकृतिक राख्ने दाबी समेत घोषणापत्रमा छ।
    १०. स्थानीय सुरक्षागार्ड :
    स्थानीय तहहरूले पालिकास्तरमा प्रहरी वा सुरक्षा गार्ड राख्दा सम्बन्धित पालिकाको स्थायी बासिन्दा रहेको भूतपूर्व सैनिक तथा प्रहरीलाई प्राथमिकतामा राखिने घोषणापत्रमा उल्लेख छ। पालिकाहरूले एजेन्सीहरूबाट सुरक्षाकर्मी मगाउँदा पनि निज व्यक्ति सम्बन्धित पालिकाको स्थायी बासिन्दा होस् भन्ने कुरामा ध्यान दिइने एकीकृत समाजवादीको दाबी छ।
    ११. गैरआवासीय नेपालीलाई चाडबाडमा बोलाउने :
    स्थानीय तहहरूले आफ्नो भूगोलभित्रका गैरआवासीय नेपालीहरूलाई बडादसैं लगायतका विभिन्न चाडपर्वका बेला आमन्त्रित गर्ने, मातृभूमिमा लगानी गर्नुहोस् भनी प्रेरित गर्ने, विदेशबाट लगानी ल्याउनेहरूलाई सम्मान गर्ने लगायतका विविध कार्यक्रम गर्ने र लगानी भित्र्याउन पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ।
    १२. उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने :
    एकीकृत समाजवादी पार्टीका सबै उम्मेद्वारले निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणापत्रमा उल्लेख छ। साथै, जनप्रतिनिधिले आफ्नो सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने दाबी गरेको छ। त्यस्तै, आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा आफ्नो पार्टीको जनप्रतिनिधि सामेल नहुने उल्लेख गरेको छ।
    १३. जनप्रतिनिधिको कामको रिपोर्ट कार्ड :
    एकीकृत समाजवादी पार्टीले स्थानीय सरकारहरूले हरेक वर्ष जनताको घरदैलोमा रिपोर्ट कार्ड वितरण गर्ने व्यवस्था कायम गर्ने जनाएका छन्। ‘ती कार्डहरूमा जनताले स्थानीय सरकारका कामको मूल्याङ्कन गरी अंक दिने व्यवस्था गरिनुका साथै जनताका गुनासो संकलन गरिने छ’, घोषणापत्रमा भनिएको छ, ‘त्यस्ता रिपोर्ट कार्डहरू अध्ययन गरी सोको रिपोर्ट सार्वजनिक गरिनुका साथै जनताले देखाएका गल्तीकमजोरी सुधार्ने र गुनासो समाधान गर्ने काम हुने छ।’
    १४. मदिरा सेवन गर्न अनुमति :
    एकीकृत समाजवादीले जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैंझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्न मदिरासेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने जनाएको छ। त्यस्तै नेपाली घरेलु मदिराको प्रवर्द्धन गर्न जनाएको छ। जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेको देखिन्छ। यसैले यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु आवश्यक छ’ घोषणापत्रमा भनिएको छ, ‘विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ। नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढगंले अगाडि बढाउने छन्।’
                                                        No photo description available.
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.