मेरो छोरी पनि ठुली भैछ ,
उ मेरो छेउमा उभिएर
मलाई यसै गाली गर्छे,
उ मेरो साथी बनेकी छ।
बिपि सुगर किन बढाउनुहुन्छ तपाईं
तपाईंले गुलियो किन खानुहुन्छ?
जस्तो पायो त्यस्तै कपडा लगाउनुहुन्छ अलि ढंगको कपड़ा लगाउनुहोस् ,
म ल्याइदिउ तपाइँलाई केहि राम्रो कपडा ।
भन्दै उ म सँग रिसाउछे,
म फ़ेरि उ सँग कुरा गर्छु।
कुर्था यति ठुलो लगाइ राख्नु भएको छ
अब त आफ्नो लागि बाच्ने गर्नु ।
सेतो कपाल किन राखिराखेको?
मेहेन्दी लगाउन किन डराउनु हुन्छ?
सहज ब्यायाम मेडिटेसन किन गर्नुहुन्न,
तपाईं किन आफुलाई सकारात्मक राख्नुहुन्न ।
मर्निङ वाकमा जाने गर्नुहोस् ,
योगामा मनलाई एकाग्र बनाउनुहोस ।
नकारात्मक सोचलाई दिमागबाट हटाउनुहोस् ,
भत्तीमा मन लगाउनुहोस् ।
मेरो सबै कमि पूरा भयो
अब मेरो छोरी पनि ठुली भैछ
मेरो लागि दुनियाँ संग लड्छे
मेरो काँध भन्दा ठुली भइ
मेरो छोरी त म भन्दा ज्ञानी भैछ ।