लालबाबु सिंह
३ जेष्ठ बिरगंज
एन्जल इन्टरनेसनल बोर्डिङ स्कुल प्रा लि द्वारा आज शैक्षिक सत्र २०७९ का बिद्यार्थी परिषद का लागि छनौट गरिएका बिद्यार्थीहरु को सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम को अध्यक्षता एन्जल स्कुल का प्रबन्धक पवित्र श्रेष्ठ ले गर्नु भएको थियो भने प्रमुख अतिथी बिरगंज वडा ८ का नवनिर्वाचित वडाअध्यक्ष रितेश कुमार गुप्ता रहनु भएको थियो ।
कार्यक्रम को प्रमुख अतिथी गुप्ता ले गमला मा पानी हाली समुदघाटन गर्नु भएको थियो भने स्कुल का सन्चालक राम राज श्रेष्ठ ले नवनिर्वाचित गुप्ता लाई दोसल्ला ओढाउनु को साथै सम्मान गरेका थिए । प्रमुख अतिथी गुप्ता ले देश को बिकास मा शिक्षा एवं बिद्यार्थी को अग्रणी भुमिका रहेकोले आफू ले पनि शिक्षा स्वास्थ्य लाई प्राथमिकता राखेर कार्य शुरु गरेको र तपाईं बिद्यार्थी हरु नै देश को भविस्य को कर्णधार भएकोले अनुशासन मा रहि शिक्षा आर्जन गरि देश समाज जनता को सेवा सहयोग मा आफ्नो अमुल्य योगदान दिनु पर्ने कुरामा जोड दिदै सम्पुर्ण बिद्यार्थीहरुलाइ सफल भविस्य को शुभकामना पनि दिनु भयो । सो अवसरमा विशिष्ट अतिथी पर्सा ट्राफिक कार्यालय बिरगंज का प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दहाल , स .प्र .नी. वीर बहादुर यादव , अतिथिहरु कन्चनजङा स्कुल का निर्देशक मार्टिन मोक्तान ,सन्चारकर्मी सन्तोष रन्जितकार, मन्सुर खान, स्कुल का प्रधानाध्यापक डिजय गुरुङ लगायत शिक्षक बिधार्थिहरुको सहभागिता रहेको थियो ।
अभियान खबरको लागि पब्लिक एफ एम बिरगंज बाट साभार