राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट सुवोध श्रीपाली अध्यक्षमा चयन गरिएको वाईसीएलका नवराज ढुंगानाले जानकारी दिए ।
यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा हुँदा पदाधिकारी मात्रै ६१ जना रहेका छन् । वाईसीएलको राष्ट्रिय भेलाको शुक्रबारदेखि भएको थियो ।
पार्टी अध्यक्ष प्रचण्डले गरेको उद्घाटनपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि उनी वाईसीएलको सहसंयोजक थिए ।