• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत ११, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

सम्पूर्ण बाहरु प्रति समर्पित ” बा को मुख “”

" सम्पूर्ण बाहरु प्रति समर्पित " बा को मुख "" "

  •    संवाददाता अल्चना श्रेष्ठ / शनिबार, भदौ ११, २०७९  

  • पोखरा /११
    अभियान खबर

    नबिन पौडेल लेखक

    आज बल्ल
    फुर्सदमा
    बा को
    मुख हेर्ने
    अवसर मिल्यो ।
    बा को मुख
    हेर्ने दिन ,
    मैले आफ्नो
    जन्म , पास्नी , ब्रतबन्ध , बिहे हेरेँ
    बहिनीको पढाइ हेरेँ, कन्यादान हेरेँ
    आमाको तिज हेरेँ , तिहार हेरेँ ।
    साउको प्रश्न
    समाजको उत्तर
    सबै हेरेँ
    बा को टाउकोमा कपाल
    के का बोझले झरेको रहेछ ,
    बल्ल थाहा भो ।
    छोरो जन्माएछस् , के बनाउँछस ?
    छोरी जन्माएछस् , कसरी अन्माउँछस् ?
    मुग्लानमा कति कमाईस् ?
    श्रीमतीको भर मान्छस्?
    समाजको डर मान्छस् ?
    बुढेसकालमा के गर्छस् ?
    दशैँ आयो थाहा पाईस्?
    सधैँ भोलि , सधैँ भोलि कति भन्छस्?
    सबै हेरेँ
    बा का निधारभरी दाग
    के का प्रश्नले बनाएछ
    बल्ल थाहा भो ।
    बाढिले खेत लग्यो
    साउले इज्जत लगे
    श्रीमतीले खुसी लगिन्
    पराईले छोरी लगे
    बुहारीले छोरो लगि
    खाडीले जवानी लग्यो
    सबै हेरेँ
    बा का गालाभरी
    खाल्डै खाल्डा
    कसले बनाएछ
    बल्ल थाहा भो ।
    आज बल्ल थाहा भो
    सबै हाँस्दा
    बा का आँखा किन हाँस्दैनन् ।
    आज बल्ल थाहा भो
    सबै दुखी हुँदा
    बा का ओंठ किन दुखी हुँदैनन् ।
    कति सुन्नुपर्छ , आज थाहा भो
    कति बोल्नु पर्छ , आज थाहा भो
    कति चिँउडो झोक्किनुपर्छ आज भो
    कती निधार ठोक्किनुपर्छ आज भो ।
    कहाँ कहाँ गर्धन झ्याक्किन्छ ,
    आज थाहा भो
    कहाँ कहाँ नाक न्याक्किन्छ ,
    आज थाहा भो ।
    बा ,
    आज मैले बल्ल तिम्रो मुख हेरेँ ।
    बा जत्ति बलवान् बन्न सकियोस् ।
    बा जत्ती जिम्मेवार बन्न सकियोस् ।
    बा हिँडे जसरी हिँड्न सकियोस् ।
    बा बाँचे जसरी बाँच्न सकियोस् ।
    बा ,
    मेरो छोरालमेरो मुख हेर्छ कि हेर्दैन होला है ?
                            May be an image of 2 people

    नबिन पौडेल लेखक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    ताजा अपडेट
    • चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    • सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    • लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    •  DOES APPLE A DAY KEEPS DOCTORS AWAY?
    • दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले गर्यो ५०% छुट

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    इमेल: info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.