अल्चना श्रेष्ठ पोखरा।
दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बि.स. २०७९ सालको बिजया दशमी तथा दिपावलीको शुभ अवसरमा शुभकामना सहित असोज १ गत्ते शनिबार पोखराको बगर १ शिक्षा कार्यालय, अगाडि बृहत स्वास्थ शिविर कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त स्वस्थ्य शिविर कार्यक्रममा ३५० जना मानिसहरुलाई सेवा दिइसकेको डाक्टर बिजय गौतमले जनकारी दिनु भयो । उक्त हस्पिटल बि.स. २०७७ चैत २ गत्ते बाट सन्चालनमा आए संगै ३ वटा स्वस्थ्य शिविर कार्यक्रम गरिसकेको छ । बि.स. २०७८ फाल्गुन २१ गत्ते पहिलो स्वास्थ शिविरमा ३५० जना मानिसलाई सेवा प्रदान गरेको थियो ।
दोस्रोपटक स्वस्थ्य शिविर कार्यक्रम बि.स. २०८९ साल असारको दोस्रो शनिबारको दिन भुर्जुङ खोलामा २५० जना मानिसमा स्वस्थ्य परिक्षण गरिएको थियो साथै तेस्रो कार्यक्रम आफ्नै भवन दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को प्राङ्गणमा भएको हो ।
कार्यक्रममा ३५० जना मानिसलाई स्वस्थ्य सेवा उपलब्ध गराइसकेको डाक्टर बिजय गौतमले जानकारी दिनु भयो । सो हस्पिटलमा २५ वटा बेड रहेको छा। दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि मा हुने स्वस्थ्य सेवाहरु १. पेट, छाती तथा मुटु रोग सेवा २. हार्ड जोर्नी , नसा तथा बाथ रोग सेवा ३ स्त्री तथा प्रसुती रोग सेवा ४ बाल रोग सेवा ५. छाला तथा यौन रोग सेवा ६. नाक कान तथा घाटि रोग सेवा ७. आखा रोग सेवा ८. ल्याब एक्स-रे इ. सि.जि. भिडियो एक्स-रे सेवा ९. दात उपचार सेवा १०. जनरल सर्जरी सेवाहरु उपलब्ध रहेको छ ।
दिप हस्पिटल एण्ड रिसर्ज सेन्टर प्रा. लि. द्वारा आज शनिबारको स्वस्थ शिविर कार्यक्रममा हुने छुट निशुल्क ओ.पि.डि.सेवामा विशेष डाक्टर द्वारा १०० % छ्ट रहेको थियो । त्येस्तै प्रयोगशाला (ल्याप),एक्सरे सेवा,भिडियो एक्सरे सेवा,इ.सि.जि., अप्रेसन सेवा,बेड चर्ज,दात उपचार सेवा,फार्मेसी र आँखा उपचार सेवाहरुमा ५०% छुट रहेको थियो ।